दूध र केरा सँगै खाँदा फाइदा भन्दा बेफाइदा बढी ! - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

दूध र केरा सँगै खाँदा फाइदा भन्दा बेफाइदा बढी !



केरा र दूध दुवै पोषक तत्वले भरपूर हुन्छन् । प्रायः जसो मानिसले आफ्नो मसल्स बनाउने तयार गरिरहँदा उनलाई केरा र दूध खान सल्लाह दिइन्छ । त्यस्तै बनाना शेक पनि मानिसलाई मनपर्ने पेय पदार्थ मध्येको एक प्रसिद्ध पदार्थ हो । तर, विशेषज्ञहरुका अनुसार केरा र दूध एकै साथ सेवन गर्नाले स्वास्थ्लाई हानि पुर्‍याउन सक्छ ।

यसले शरीरको विभिन्न अंगहरुको फंगशनलाई पनि प्रभावित पार्छ । आयुर्वेदमा पनि केरा र दूध एकै साथ खानुलाई नराम्रो मानिन्छ । साइनस हुने खतरा एक अध्ययनका अनुसार केरा र दूधको मिश्रणले हाम्रो पाचन तन्त्रलाई नराम्रो तरिकाले प्रभावित पार्छ । जसले गर्दा साइनस सम्बन्धी समस्या हुने खतरा हुन्छ ।

पेटमा ग्यासको समस्या भारतका आयुर्वेदाचार्य डा. सरोज पाण्डेका अनुसार केरा र दूध दुवै पौष्टिक खाद्य पदार्थ हुन्, तर, दुृवै खाँदाको समय २० मिनेटको फरकमा खानु पर्छ । अन्यथा यसले पेटमा ग्याष्ट्रीकको समस्या उत्पन्न गराउन सक्छ । शरीरमा विषाक्त पदार्थको उत्पन्न हुन्छ आयुर्वेदका अनुसार कुनै पनि ठोस फलको कुनै पनि तरल पदार्थमा समायोजन हुुनुलाई राम्रो हुँदैन ।

केरा र दूध सँग–सँगै खानाले शरीरमा विषाक्त तत्त्व उत्पन्न हुन थाल्छ । यसले शरीरको सम्पूर्ण कार्यप्रणालीमाथि नराम्रो असर पार्न सक्छ । शरीर गह्रुँगो बनिरहन्छ केरा र दूध एक साथ खानाले शरीर गहुँगो बनिरहन्छ र मस्तिष्कको क्षमतामा पनि कमी आउन थाल्छ । (एजेन्सीको सहयोगमा)