फ्रुटीको कम्पनीमा अखाद्य बस्तु भेटियो - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

फ्रुटीको कम्पनीमा अखाद्य बस्तु भेटियो



काठमाडौँ ।

फ्रुटी उत्पादक दुगड ग्रुपको कम्पनीमा महानगरीय अपराध महाशाखाको टोलीले सोमबार छापा मारेको छ । छापाको क्रममा म्याद गुज्रेका कच्चा पदार्थ भेटिएपछि शील गरिएको जनाइएको छ ।

सोमबार टोलीले छापा मार्दा म्याद गुज्रेका कच्चा पदार्थ र अखाद्य पदार्थ भेटिएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाको टोली काठमाडौँको सतुंगल पुगेर दुगडको कम्पनीमा छापा हानेको थियो ।

म्याङ्गो पल्प जुस बनाउने कच्चा पदार्थ म्याद नाघेको भेटिएको थियो । कम्पनीलाई कालोबजारी ऐनअनुसार मुद्दा चलाउने प्रहरीले जानकारी दिएको छ ।