कालिकोटमा दुई जनाको मृत्‍यु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कालिकोटमा दुई जनाको मृत्‍यु



 

२३ साउन, कालीकोट ।

खाँडाचक्र नगरपालिका– ६ दाहांमा सडक मर्मत गरेर फर्किने क्रममा जेसिवि मेसिन (स्काभेटर) दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

दुर्घटनामा सुर्खेत छिन्चुका जेसिवि चालक ३२ वर्षीय तुलाराम धौलाकोटी र खांडाचक्र नगरपालिका– ६ का ६० वर्षीय विष्णु शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रास्कोट नगरपालिका– ६ का छत्रबहादुर बम घाइते भएका छन् ।

घाइते बमलाई नेपाली सेनाको हेलिकप्टरमा कोहलपुर मेडिकल कलेज, नेपालगन्ज पठाएको प्रमुख जिल्ला अधिकारी गिरिधारी सुवेदीले जानकारी दिए । रासस