रुपन्देहीमा दुई पौडेलको घम्साघम्सी झन् रोचक बन्दै - Himal Post Himal Post
  • ११ मंसिर २०७९, आईतवार
  •      Sun Nov 27 2022

रुपन्देहीमा दुई पौडेलको घम्साघम्सी झन् रोचक बन्दै



नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको घम्साघम्सी निकै रोचक बनेको छ ।

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा प्रतिष्पर्धा गरिरहेका यी दुईबीचको प्रतिस्पर्धालाई देशभर चासोका साथ हेरिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार विष्णुले मतान्तर बढाइरहेको छन् । तर जारी मतगणनाले कता लैजान्छ भन्न सक्ने अवस्था छैन ।

करिव २० हजार मत गणना बाँकी रहँदा विष्णुले गणेशसँग १ हजार ३८९ मतको अन्तर बनाएका छन् । अघिल्लो मतपरिणाममा १ हजार २६१ मतको अन्तरले अग्रता कायम गरेका पौडेलले पछिल्लो मतपरिणाममा मतान्तर केही बढाएका छन् ।

जारी मतगणनको पछिल्लो विवरणअनुसार विष्णु पौडेलले २० हजार ८२० मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिष्पर्धी गणेश पौडेलले १९ हजार ४३१ मतसहित पच्छ्याइरहेका छन् । ५ दलीय गठबन्धनको समेत समर्थन पाएको जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले १७ हजार १०६ मत पाएका छन् ।