२ रुपैयाँमा भरपुर मनोरन्जन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

२ रुपैयाँमा भरपुर मनोरन्जन



बनिता खनाल 

आज सम्म हेरेको नेपाली सिनेमाका रोम्यन्टिक सिनहरुमा मलाई काउकुती लाग्नु को साटो, लाज लाग्थ्यो, जती नै राम्रो अभिनय गर्ने कलाकार भये पनि उ रोम्यान्टिक सिनमा चुकेको देखेको मलाई पहिलो चोटि कुनै नेपाली सिनेमाले काउकुती लगाउन सफल भएको छ  । अहिले काठमाडौंका हल्हरुमा चलिरहेको नेपाली सिनेमा २ रुपैयाँमा माया र दार्हीको त्यो प्रेममय पलको कुरा गर्दैछु म ।

यदी तपाईं मनोरन्जनका लागि सिनेमा हेर्न जाने गर्नुभएको छ भने, २ रुपैयाँ हेर्नुहोला । सिनेमा अवधिभर समय कटेको थाहाहुदैन । सुरु हुँदा देखी अन्तिम सिन सम्म नै दर्शक लाई पकडी राख्न सक्छ । अनी यदी तपाईं गल्ती देखाउन या सिनेमा को बिरोध गर्नका लागि हेर्न जाने गर्नुभएको छ भने त झनै जानै पर्छ । छक्का पन्जा मा त बिदेशिएका लोग्नेका श्वासनिहरुको परपुरुष सँग को सम्बन्ध देखाइएको थियो, २ रुपैयामा त लोग्ने अफिस गएको बेला परपुरुसलाई कोठामा बोलाएको देखाएको छ। “म महिलाबादी हुँ” भन्नि र निरन्तर पत्र पत्रीकामा महिलाबादी लेख लेख्ने महिलाहरुका लागि नयाँ मसला दिएको छ २ रुपैया ले ।

कुटुमा कुटु भन्ने गीत चलेको भये पनि मलाई भने सिनेमा को अन्तिम गीत मन्पर्‍यो। आज सम्म हेरेको नेपाली सिनेमा हरुमा सबै भन्दा मन परेको सिनेमा भन्दा फरक पर्दैन, मेरा लागि  सिनेमा तराइको कुनै गाउमा छायान्कन गरिएको छ। भाषा, पहिरन र पारीभेश ठ्याक्कै मिलेको छ ।  निर्माता ले गोल्डस्टार, इ सेवा र रोयल इन्फिल्डको प्रचार गरे बापत केही सहयोग माग्दा फरक पर्दैन ।

म मनोरन्जन लागि सिनेमा हेर्ने मान्छे हुँ । भरपुर मनोनरन्जन पाये । कथा सटिक छ । पात्रहरु एक आपसमा जोडीएका छन । सबै कलाकार अभिनयमा अब्बल छन । बिशेषगरी आसिफ । उहाको आर्को सिनेमाको प्रतिक्षामा छु ।