अर्घाखाँचीको पाणिनी क्याम्पसमा दुई बिद्यार्थी संगठन बिच एकता - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अर्घाखाँचीको पाणिनी क्याम्पसमा दुई बिद्यार्थी संगठन बिच एकता



हिमाल पोस्ट/अर्घाखाँची फागुन १२ 

स्ववियु  निर्वाचनको लागि अर्घाखाँची जिल्लामा रहेको पाणिनि बहुमुखी क्यामपसमा दुई बिद्यार्थी संगठन बिच तालमेल भएको छ । अनेरास्ववियु र अनेरास्ववियु (छैटौं) को संयुक्त प्यानल दर्ता भएको हो  ।

जस्को सभापतिमा बसन्त श्रेष्ठ (छापेली) ,सचिबमा सन्देश खनाल ,कोषाध्यक्षमा भुबन खनाल सदस्यहरुमा प्रकाश राउत ,ठाकुर भुसाल र पुस्पा गैरेको उम्मेदारी दर्ता गरिएको अनेरास्वबियुका क्यामपस संयोजक कृष्ण भुसालले बताए । बिगतका बर्षमा पनि दुई संगठन बिच तालमेल भएको र यस पटक पनि तालमेल गरिएको अनेरास्वबियु (छैटौं)का जिल्ला अध्यक्ष गोपाल भट्टराईले बताए ।