दुईहप्तापछि कोरोना संक्रमण ओरालो लाग्ने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दुईहप्तापछि कोरोना संक्रमण ओरालो लाग्ने



काठमाडौं- विज्ञहरुले अझै दुईहप्ता कोरोना संक्रमणको दर उकालो लागेपनि दुई हप्तापछि भने बिस्तारै ओरालो लाग्ने बताएका छन् । विज्ञहरूका अनुसार यो दुई हप्ता भने कोरोनाको पिक समय भएको बताएका छन् ।

अहिलेको हप्ता र अर्को हप्ता कोरोना संक्रमण ह्वात्तै बढेपनि त्यसपछि भने ओरालो लाग्ने आंकलन उनीहरूले गरेका छन् । उनीहरुले केहिदिन संक्रमणको दर अझै उकालो लाग्ने भएकाले सचेत रहन आग्रह समेत गरेका छन् ।

जनस्वास्थ्य विज्ञहरूले दिएको राय अनुसार सरकारले पनि यो दुईहप्तालाई पिक समय मानेर विभिन्न कडाई गर्ने तयारी गरेको छ । अबको दुईहप्ता निरन्तर उकालो लाग्ने त्यसपछि भने विस्तारै कम हुने अनुमान विज्ञहरूले गरेका कारण दुई साताको लागि भिडभाड जन्य स्थानहरूमा विशेष कडाई गर्ने तयारी रहेको बताइएको छ।

राम्रोसंग चेकजाँच गरेको खण्डमा एकैदिनमा २० देखि २५ हजार सम्म संक्रमित भेटिनसक्ने आंकलन विज्ञहरूले सुनाएका छन् । अबको दुईहप्ता निरन्तर उकालो लाग्ने त्यसपछि विस्तारै क्रमसँगै घट्ने भएकाले सरकारले पनि तयारी बढाएको छ ।

सरकारले खोप कार्यक्रमालाई अत्यन्त प्रभावकारी बनाउने देखि विभिन्न कार्यमा रोक लगाउने सम्मको तयारी गरेको बताइएको छ । स्वास्थ्य सचिव रोशन पोखरेलले अहिले ३५ प्रतिशत पोजेटिभ दर देखिएको बताए ।

सचिव पोखरेलले खोप अभियानलाई तिव्रता दिइएको र तेस्रो डोजको पनि सुरुवात गरिसकेको कारण नियन्त्रण हुने विश्वास ब्यक्त गरेका छन् । उनका अनुसार नेपाल भारत खुला सिमाना रहेकाले पनि नेपालमा कोरोना संक्रमितको संख्या एकाएक बढेको बताएका छन् ।

विपद न्युनीकरण राष्ट्रिय परिषद्को बैठकमा सचिव पोखरेलले यस्तो जानकारी गराएका हुन् ।छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीसँग जुध्नका लागि आवश्यक सबै तयारी गर्न निर्देशन दिएका थिए ।

नाकाका सबै क्षेत्रमा होल्डिङ सेन्टर र कोरोना परीक्षणका साथै महामारीसँग जुध्नका लागि आवश्यक सबै तयारी गर्न निर्देशन दिएका हुन् ।

खोप प्रयाप्त बढाएर बुष्टर डोजका साथै सबै स्वास्थ्य संस्थामा प्रयाप्त अक्सिजनको व्यवस्था गरिने उनको भनाइ थियो । देउवाले हर हालतमा जनताको ज्यान जोगाउनका लागि सरकाररले कुनै कमी हुन नदिने स्पष्ट पारेका थिए ।

सबै भीडभाड हुने कार्यक्रमहरु रोक्ने र राजनीतिक दलहरुले पनि सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्नुपर्ने उनको भनाइ थियो ।