नेपालले दुई सातामै भारतलाई बेच्यो ६ करोडको बिजुली - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपालले दुई सातामै भारतलाई बेच्यो ६ करोडको बिजुली



काठमाडौं- नेपालले छिमेकी भारतलाई अहिलेसम्म ६ करोड रुपैयाँभन्दा बढी मूल्यको विद्युत् बेचिसकेको छ।

विद्युत् बेच्ने अनुमति पाएको २ साताभित्र भारतलाई ३ करोड ७७ लाख २ हजार भारु (नेपाली ६ करोड ३ लाख २३ हजार रुपैयाँ) को विद्युत् बेचिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका अनुसार यही कात्तिक २३ गते सबैभन्दा बढी प्रतियुनिट औसत ५ रुपैयाँ ३ पैसा मूल्य प्राप्त भएको छ। यस्तै सबैभन्दा कम कात्तिक १८ गते प्रतियुनिट औसत ३ रुपैयाँ १३ पैसामा विद्युत् बिक्री गरिएको छ।

प्राधिकरणका अनुसार हाल नेपालले भारतको एक्सचेन्ज मार्केटमा दैनिक ३९ मेगावाट (९३ हजार ६ सय युनिट) बिजुली बेचिरहेको छ। यसमध्ये २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट विद्युत् भारतमा लगिएको छ।

स्वदेशमा बढी भएको विद्युत् मात्र भारत पठाइरहेको विद्युत् प्राधिकरणको भनाइ छ।