गायिका स्मिता दाहाल र गायक सरोज ओलीको "कमेरोले पोतेको दुई तले घर" सार्वजनिक - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

गायिका स्मिता दाहाल र गायक सरोज ओलीको “कमेरोले पोतेको दुई तले घर” सार्वजनिक



काठमाडौं । गायिका स्मिता दाहाल र गायक सरोज ओलीको ‘स्वरमा रहेको नयाँ गित “कमेरोले पोतेको ’ सार्वजनिक भएको छ । गज्जबको टिभी युट्युबमार्फत बुधबार उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो । उक्त गीतमा स्वर दिने स्मिता दाहाल नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको शब्द तथा दिपक शर्माको संगित रहेको उक्त गितमा उदय राज पौडेलले एरेन्ज भरेका हुन् ।

गीतको म्युजिक भिडियोमा कार्टुन क्रुका कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्मा तथा चर्चित युट्युबर जिवेश गुरुङको अभियन रहेको छ ।

गायक सरोज ओलीले निर्देशन गरेका उक्त म्युजिक भिडियोको नवराज उप्रेतीले छायांकन गरेका हुन भने सम्पादन अमन मानन्धरले गरेका हुन् । गीतको भिडियोको शुटिङ झापाको धुलावारी, मागुरमाडीमा परम्परागत घरहरु निर्माण गरि अत्याधुनिक प्रविधि प्रयोगसहित गरिएको निर्देशक ओलीले जानकारी दिए ।