प्रचण्ड-नेपाल पक्षको बैठकमा दुईतिहाई केन्द्रीय सदस्य उपस्थित - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रचण्ड-नेपाल पक्षको बैठकमा दुईतिहाई केन्द्रीय सदस्य उपस्थित



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीमा प्रचण्ड-नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकमा दुईतिहाई केन्द्रीय सदस्यको उपस्थित भएका छन् ।

बबरमहस्थित कार्की ब्यांकेटमा भएको बैठकमा ३१० जना केन्द्रीय सदस्य उपस्थित भएको बताइएको छ ।

दुईतिहाई केन्द्रीय सदस्य रहेको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने लगायतका नौ वटा एजेन्डामा चाह्ल्फल चलिरहेको छ ।

ओलीलाई कारबाही गर्दै माधवकुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने निर्णय गर्ने बताइएको छ।नेकपाको केन्द्रीय कमिटीमा ४४ जना केन्द्रीय कमिटी सदस्य हुने व्यवस्था छ।