दुर्गा प्रसाईँलाई कारबाही गर्न एमालेमा सिफारिस - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

दुर्गा प्रसाईँलाई कारबाही गर्न एमालेमा सिफारिस



काठमाडौं । नेकपा एमाले प्रदेश कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई कारवाही गर्न केन्द्रमा सफारिस गरेको छ ।

शनिबार बिहान बसेको प्रदेश एक कमिटीले यस्तो सिफारिस गरेको हो । प्रसाईँ एमाले केन्द्रीय सदस्य हुन् ।

उनले पार्टी हितविपरीतका गतिविधि गरेको एमालेको आरोप छ । प्रसाईँले केहीदिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र पारस शाहलाई सहभागी गराई एक कार्यक्रमको आयोजना गरेका थिए ।