कोरोनाका कारण पाल्पाका दुर्गा थापाको भारतमा ज्यान गयो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कोरोनाका कारण पाल्पाका दुर्गा थापाको भारतमा ज्यान गयो



काठमाडौं । भारतमा कोरोना संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार कोरोना संक्रमित ४५ वर्षीय दुर्गा थापाको मृत्यु भएको हो ।

पाल्पा दारसिवास स्थायी घर भएका थापा केही वर्षदेखि रोजगारीको सिलसिलामा भारतको हरियाणास्थित रोतकमा थिए । उनको हरियाणामा उपचार हुँदै गर्दा मृत्यु भएको बताइएको छ ।

दूतावास स्रोतका अनुसार हालसम्म भारतका विभिन्न स्थानमा रहेका नेपालीमध्ये २८ जनामा कोरोना पोजेटिभ देखिएको छ, जसमध्ये एक जनाको मृत्यु भएको छ ।

त्यस्तै, १३ जना कोरोना जितेर घर फर्किएका छन् भने १४ जना भने भारतका विभिन्न अस्पतालमा उपचाररत रहेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।