दुर्गेश थापा पक्राउ - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

दुर्गेश थापा पक्राउ



काठमाडौँ । गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले बालाजुबाट पक्राउ गरेको हो ।

तिहारको सन्दर्भमा निकालेको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतले सामाजिक सहिष्णुता बिगारेकोले युट्युबबाट हटाउनुपर्ने भन्दै उजुरी जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा उजुरी परेको थियो ।

जिल्ला प्रशासनमा उजुरी परेपछि प्रहरीले गायक थापालाई मंगलबार पक्राउ गरेको हो ।