विमान दुर्घटना अपडेट- अहिलेसम्म ६४ जनाको शव भेटियो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

विमान दुर्घटना अपडेट- अहिलेसम्म ६४ जनाको शव भेटियो



पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा अहिलेसम्म ६४ जनाको शव फेला परेको छ।

४ जना चालक दलका सदस्यसहित ७२ जना सवार जहाज दुर्घटनामा ६४ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

‘३० वटा शव निकालेर अस्पताल पुर्‍याइसकेका छौं। ३४ वटा शव खोंचमा भेटिएका छन्। निकाल्न प्रयास गरिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालय कास्कीले भनेको छ ।

प्रहरीका अनुसार ३०० सय मिटर गहिरो खोंच भएकाले शव निकाल्न कठिन भएको बताइएको छ।