DV भर्ने ईछ्या छ आजदेखि खुल्यो , यसरी भर्नुस ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

DV भर्ने ईछ्या छ आजदेखि खुल्यो , यसरी भर्नुस !



काठमाडौँ /असोज १७

सन् २०१९ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि आवेदन दर्ता  आजदेखि खुल्ने भएको नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ । दुतावासका अनुसार अक्टोबर ३, २०१७ (२०७४ असोज १७) मा (नेपालमा स्थानीय समयअनुसार रातको ९:४५ बजे) बाट सुरु हुने गरी खुल्नेछ भने नोभेम्बर ७, २०१७ (२०७४ कार्तिक २१) बन्द हुनेछ ।

डिभीको लागि  आवेदन दिँदा कुनै पनि शुल्क तिर्न नपर्ने दुतावासले जानकारी गराएको छ। त्यस्तै आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिन दूतावासले सल्लाह दिएको छ।

फर्म भर्ने अवधिमा www.dvlottery.state.gov मा गई ई-डिभीको आवेदन फारम भर्नु पर्नेछ । अवेदनमा आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ।

फर्म भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्ने छ अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ ।

डि.भी.का लागि छनोटमा परे नपरेके थाहा पाउनको लागि कुनै फोन र इमेल नआउने र त्यस्ता हल्लाका पछाडि नलाग्न दुतावासले सचेत गराएको छ।

रिजल्ट थाहा पाउनको लागि मे १,२०१८ (२०७५ वैशाख १८) वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर राख्नुपर्ने छ ।

डि.भीका बारेमा थप जानकारीका लागि www.dvlottery.state.gov वा काठमाडौँ स्थित अमेरिकी दूतावासको बसाइट  https://np.usembassy.gov/visas/immigrant-visas जान दुतावासले सल्लाह दिएको छ।