भ्रममा नपर्नुहोस, यसरी हेर्नुहोस डीभी चिठ्ठाको नतिजा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भ्रममा नपर्नुहोस, यसरी हेर्नुहोस डीभी चिठ्ठाको नतिजा



काठमाडौं- अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डीभी चिट्ठाको नतिजा भोलि शनिबार प्रकाशन हुने भएको छ।

अमेरिकी दूतावासका अनुसार डीभी चिठ्ठाको नतिजा नेपाली समयअनुसार शनिबार राति ०९:४५ बजे प्रकाशन हुने भएको हो।

त्यसका लागि कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov/ मा नतिजा हेर्न सकिने दूतावासले जानकारी दिएको छ।

नम्बर बिर्सनुभएको छ भने पनि Forgot Confirmation Number मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जानकारी दिएको छ।

‘दूतावासले भनेको छ, ‘डीभीबारे फोन वा इमेलबाट गरिने सबै किसिमका सोधपुछ ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ।’

अमेरिकामा रहेका नेपालीले ९७०३०९८८(३४२८ मा सम्पर्क गरी सोधपुछ गर्न सक्ने दूतावासको सूचनामा उल्लेख छ।

दूतावासले डीभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने दूतावासले जनाएको छ।