इक्यानको अध्यक्षमा पाण्डे, महासचिवमा भुसाल - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

इक्यानको अध्यक्षमा पाण्डे, महासचिवमा भुसाल



काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे र महासचिवमा दिपकराज भुसाल चयन भएका छन्।

१४ औँ साधरणसभा अन्तर्गत आइतबार सर्वसम्मत नेतृत्व चयन गर्ने क्रममा नयन समिति चयन गरिएको बताइएको छ ।

२०७२ फागुनमा पहिलोपटक निर्वाचित भएका पाण्डे दोस्रो कार्यकालका लागि पुनः अध्यक्ष चयन भएका छन्।

महासचिवमा दीपकराज भुसाल चयन भएका छन्। पाण्डे र भुसालसहित संघको कार्य समितिमा सबै जना निर्विरोध निर्वाचित भएको बताइएको छ ।

यस्तै उपाध्यक्षमा देवीदास भट्टराई, शेषराज भट्टराई, कृष्णहरि केसी चयन भएका छन्।

सचिवमा बासुदेव दाहाल र बालकृष्ण श्रेष्ठ चयन भएका छन् भने कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सहकोषाध्यक्षमा कर्णबहादुर गुरुङ चयन भएका छन्।

सदस्यहरुमा सुष्मा आचार्य, भवनाथ हुमागाई, रत्न भट्टराई, शुवास गौतम, बिकल्प पोखरेल, आर्यन उप्रेती, नवराज भट्टराई, आशिक कार्की, पुष्पराज भट्टराई र शिव त्रिपाठी चयन भएका छन् ।