एक अनौठा डाक्टर जो चुपचाप पीडितको बस्तीमा पुग्छन र सेवा गर्छन् ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एक अनौठा डाक्टर जो चुपचाप पीडितको बस्तीमा पुग्छन र सेवा गर्छन् !



 

 

एक अनौँठा डाक्टर, चुपचाप पीडित बस्तीमा पुग्छन, शिविर चलाउँछन्, औषधि, लत्ता कपडा र खाद्यान्न बाँडछन् अनि फर्किन्छन ।

पेसाले डाक्टर, सोखले साहित्यकार डा रबिन्द्र समीर न कसैलाई बताउँछन्, न कसैसँग सोध्छन, तर पीडितको घरमा अनायासै पुग्छन् । उनी यति बेला पीडितका मल्हम बनिरहेका छन् । दुखेको घाउमा सिटामोल बनिरहेका छन् ।

केही दिन अघि  निरन्तर परेको भारी वर्षाको कारणले तराई भेगमा तहसनहसनै बनायो । लाखौँ मानिसहरू घरबार बिहिन बने, हजारौँको सङ्ख्यामा घाउ चोट देखि बाढीको कारणले आएका सरुवा रोगबाट ग्रसित बने ।

बिरामीको यो चित्कार सहन गर्न नसकेर समीर औषधिका पोका बोकेर तराई झरे, त्यहाँको पिडा खप्न नसकेर सामाजिक सञ्जालबाट सबै डाक्टरलाइ तराईमा खट्न आग्रह पनि गरे ।

बाढी अति प्रभावित जिल्लाहरूमा औषधि र लत्ता कपडा बोकेर हिनेका रबिन्द्र समीर पीडितहरुको  दुखमा निःशुल्क खुसी भरिरहेका छन् । काठमाण्डौबाट कैयौँ पेटी औषधि बोकेर तराई झरेका डाक्टर पहिलो दिन ३ सय ५० भन्दा बढी बिरामीहरुलाई उपचार गरे । दोस्रो दिन ४ सय ५० भन्दा बढी बिरामीलाई, यसपछिका दिन त गनिसाध्य छैन । यति मात्र हैन स्वास्थ्य सम्बन्धी सल्लाह दिइरहेका छन्, लत्ता कपडा र खाद्य सामाग्री पनि बाँडिरहेका छन् ।

केहिदिन देखि निरन्तर बिरामी र पीडितलाई सेवा गरिरहेका डाक्टरले चलचित्र पत्रकार सङ्घ सँगको सहकार्यमा लत्ता कपडा पनि बाँडेका थिए ।
रबिन्द्र समीर सामाजिक काम भनेपछि हुरुक्कै हुने एक नाम हो, २०७२ वैशाख १२ गतेको भूकम्प पछि उनले भूकम्प प्रभावित गाउँहरुमा पुगेर पीडितका सहारा बने । हजारौँको सङ्ख्यामा बिरामीलाई निःशुल्क स्वास्थ्य परीक्षण, स्वास्थ्य सल्लाह, लत्ता कपडा तथा खाध्य सामाग्री प्रदान गरे ।

महा भूकम्पले क्षेत् बिक्षेत भएका मान्छेका मन देखेर पीडालाई पुस्तकमा उतारेका छन् डा समीरले, उक्त पुस्तकको नाम भूकम्पमा मल्हमपट्टि थियो । पुस्तकले उत्तम शान्ति पुरस्कार समेत पाइसकेको छ।