काठमाडौंमा १ हजार बेड तत्काल थपिदै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

काठमाडौंमा १ हजार बेड तत्काल थपिदै



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोनाको उपचार तथा नियन्त्रणका लागि सरकार जिम्मेवार रहेको बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै मन्त्री त्रिपाठीले कोरोनाको उपचार तथा नियन्त्रणका लागि सरकार जिम्मेवार रहेको बताएका हुन् ।

दोस्रो लहरको संक्रमण जटिल रहेपनि आतंकित हुन नपर्ने र कोरोना उपचारका लागि आवश्यक पर्ने औषधि, अक्सिजन लगायतका सामग्री केही दिनमा नै नेपाल ल्याइने उनले जानकारी दिए ।

कोरोनाको उपचारको जिम्मा सरकारले लिएको भन्दै भोलिदेखि नै कोभिडको उपचारका लागि काठमाडौं उपत्यकामा थप १ हजार बेड सञ्चालनमा ल्याइने बताए ।

उनले कोरोना नियन्त्रणका सवालमा कहींकतै त्रुटी भएको र त्यसको नैतिक जिम्मेवार आफूले लिएकाे बताए ।