एक जोर जुत्ताको मूल्य चार करोड ८३ लाख ८० हजार - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एक जोर जुत्ताको मूल्य चार करोड ८३ लाख ८० हजार



न्यूयोर्क – चार करोड ८३ लाख ८० हजार रुपैयाँमा एक जोर ऐतिहासिक जुत्ता बिक्री भएको छ ।

उक्त ऐतिहासिक जुत्ता नाइकीका सह–संस्थापकले डिजाइन गरेका हुन् ।

यो डिजाइनको जुत्ता १२ जोर हातैले सिलाइएको थियो र सन् १९७२ को ओलिम्पिक खेलकुदको छनौटमा केही खेलाडीहरूलाई बाँडिएको थियो।

लिलाममा राखिएको जोर भने कसैले प्रयोग नगरेको एक मात्र भएको मानिन्छ।