१०६ स्थानमा गणना जारी- कुन दलको अवस्था कस्तो ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

१०६ स्थानमा गणना जारी- कुन दलको अवस्था कस्तो ?



काठमाडौँ- मंसिर ४ गते भएको आमनिर्वाचनमा १६५ मध्ये १०६ स्थानमा गणना जारी छ ।

हालसम्म कांग्रेसले मुस्ताङको प्रतिनिधिसभा र प्रदेशसभामा विजयी भएको छ ।

हालसम्म कांग्रेस ३७ र एमाले २६ वटा प्रतिनिधिसभामा अगाडि छ । मनाङबाट प्रतिनिधि सभामा नेपाली कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

त्‍यस्तै माओवादी केन्द्र ८ वटा प्रतिनिधिसभामा अग्रता लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी ८-८ वटा प्रतिनिधिसभामा अगाडि छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५, जनता समाजवादी पार्टी ३ र नागरिक उन्मुक्ति पार्टी २ वटा प्रतिनिधिसभामा अगाडि छ ।

त्यस्तै लोसपा, जनमत पार्टी र हाम्रो नेपाली पार्टी १-१ प्रतिनिधिसभामा अग्रता लिएको छ ।