एका एक चितवनमा लोकप्रिय बन्दै प्रचण्ड ,बाचा गरेको ७२ घण्टाभित्रै माडीबासी निकुञ्जको करबाट मुक्त - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एका एक चितवनमा लोकप्रिय बन्दै प्रचण्ड ,बाचा गरेको ७२ घण्टाभित्रै माडीबासी निकुञ्जको करबाट मुक्त



काठमाडौं, कात्तिक २१ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डको पहलमा माडीबासीले वाटो प्रयोग गरेबापत राष्ट्रिय निकुञ्जलाई तिर्दै आएको विभेदकारी करबाट मुक्त भएका छन ।

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले माडीको चुनाबी सभामा सम्बोधन गरेको ७२ घण्टा पनि नपुग्दै, माडी नगरपालिकाको बिशेष अनुरोधमा आजबाट चितवन रानिभित्रको सुबिधाप्राप्त बाटो प्रयोगमा लाग्ने दस्तुर नलाग्ने गरी निर्णय भएको छ अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

यसअघि माडीबाट चितवनको सदरमुकास भरतपुर जाँदा आउँदा सुबिधायुक्त बाटो पैयोग गरेबापत चितवन राष्ट्रिय निकुञ्जलाई ११रुपैया ७० पैसा कर तिर्नु पथ्र्यो ।

यो निर्णयले आफ्नै सदरमुकाम भरतपुरबाट घर (माडी) जादाँ र घरबाट सदरमुकाम जादाँ राजस्व तिर्नु पर्ने (११रुपैया ७० पैसा ) बिभेदकारी नियमबाट माडीबासीले मुक्ति पाएका छन् ।

पटक–पटकको स्थानीय जनप्रतिनिधीको डेलिगेशन र दबाबपछि पूर्व प्रधानमन्त्री प्रचण्डको पहलमा यो निर्णय भएको हो ।

यो विभेदकारी प्रावधानबाट मुक्तीका लागि लगातार खटिएका माडी नगरपालिकाका मेयर ठाकुर ढकाल, पूर्व शिक्षामन्त्री धनीराम पौडेल (डिआर पौडेल), विभिन्न राजनैतिक दलका नेताहरु, सह्ञ्चारकर्मीहरु, बफरजोन समितिहरु र सचेत माडीबासीका अगुवाहरुले उक्त निर्णयका लागि नेपाल सरकारप्रति आभार व्यक्त गरेका छन ।