एकको बदला तीन लिएर संसद् छिर्ने हो, देश हाम्रो पुस्ताले हाँक्ने हो : रवि लामिछाने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

एकको बदला तीन लिएर संसद् छिर्ने हो, देश हाम्रो पुस्ताले हाँक्ने हो : रवि लामिछाने



​काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले ‘एकको बदला तीन लिएर संसद् छिर्ने सपना’ रहेको बताएका छन् ।

नागरिकता मुद्दामा उनले सांसद पद गुमाएका थिए । आगामी वैशाख १० गते उनले गुमाएको चितवन–२ सहित तीनवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदै छ । त्यसतर्फ संकेत गर्दै रविको अभिव्यक्ति आएको हो ।

बिहीबार राति फेसबुकमा उनले भनेका छन्, “मेरा गोडामा काँडा बिझेका थिए । म ती काँडाहरू टिप्न निहुरिएको हुँ, झुकेको होइन । अब स्वर्णिम दिन आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्नेछ । एकको बदला तिन लिएर संसद् छिर्ने सपना छ ।”

बिहीबार मात्र कांग्रेस छाडेका स्वर्णिम वाग्ले रास्वपाबाट चुनाव लड्ने चर्चा छ ।