भारतको यूपीमा एकता मंचको संगठन बिस्तार - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भारतको यूपीमा एकता मंचको संगठन बिस्तार



हिमाल पोस्ट /लखनऊ,चैत्र १४ 

माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मंच, भारत संयुक्त क्षेत्रीय समिति अन्तरगत यूपीको राजधानी लखनऊबाट एकता मंचको अभियान आईतवारबाट सुरु भएको छ ।

यूपिमा प्रवासी नेपालीहरु सङ्ग राजनैतिक भेटघाट, नेपाल हुन गैरहेको स्थानीय चुनाब , नेपाल भारत सिमाना हुने लूटपाट , सङ्गठन बिस्तार प्रवासी नेपाली सङ्गं भेटघाट लगायत विषयमा आज दिनांक २६  मार्च ०१७  दिन अखिल भारत नेपाली एकता मंचका केंद्रीय अध्यक्ष ईशरी भण्डारीको प्रमुख् अथितिमा अखिल भारत नेपाली एकता मंचका केंद्रीय सदस्य प्रतिमान खड्का, लगायत केंद्रीय सदस्यहरु क्षेत्रिय समिति सदस्यहरु ,महिला नेतृहरुको बिशेष उपस्थितिमा  अखिल भारत नेपाली एकता मंचको यूपीको लखनऊ जिल्ला समितिमा राम बहादुर बिकको अध्यक्षमा सचिब खीम बहादुर रानाको नेतृतो १७  सदस्यीय नगर समिति निर्माण भएको छ।

आइतबार नै यूलखनउमा महिला जिल्लामा गीता धनसरि रसालीको अध्यक्ष र सचिब निर्मला बिक नेतृतियो १३  सदस्यीयमा महिला जिल्ला समिति पनि गठन भएको छ। सोहि दिन यूपीको कानपुरमा अखिल भारत नेपाली एकता मंचका केंद्रीय सदस्य नेत्र रावलको पहलमा यूपीको कानपुरमा प्रवासी नेपालीका समस्याको बारेमा नेपाली दूतावासका नई दिल्लीका महामहिम राजदूत दिप कुमार उपाध्यायको उपस्थिति संग अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ ।

लखनऊमा भानसिंह बिकको अध्यक्षता, गीता धन सरि रसाली को स्वागत भाषण र  संचालन अखिल भारत नेपाली एकता मंचका केंद्रीय सदस्य गिर बहादुर खड्काको संचालनमा कार्यक्रम सम्पन्न भएको  थियो ।

अखिल भारत नेपाली एकता मंचको अभियान यूपीको लखनऊबाट सुरुहुदै यूपीको गोरखपुर, गोंडा वनारस , आगरा , मुरादावाद, कानपूर लगायत उत्तरप्रदेशको सबै सहरमा कार्यक्रम गर्ने योजना रहेको छ ।

नेपालमा हुन गैरहेको स्थानीय चुनावमा यूपीबाट एकता मंचको पहलमा हजारौ नेता कार्यकर्ताहरु नेपाल जाने तयारी रहेको  दिल्लीबाट आरबी खड्काले हिमाल पोस्टलाई जनाकारी दिनु भएको छ ।

यूपीमा एमाले निकट र नयाँ  शक्ति निकटका जनवर्गीय संगठनबाट अभाने एकता मंचमा  प्रवेश गर्ने  धेरैको योजना रहेको पनि बताईएको छ  ।