एकता र सद्भावतामा राष्ट्रियताको संरक्षण हुन सक्छ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

एकता र सद्भावतामा राष्ट्रियताको संरक्षण हुन सक्छ



योगेन्द्र गौतम
नेपालको सन्दर्भमा राष्ट्रियताको विषय निकै महत्त्वपूर्ण रूपमा लिनेहो भने राजनीतिक दलहरू वर्तमानमा असफल देखिन्छन यसको मुख्य कारण विदेशी प्रभुत्वबाद र स्वदेशी लम्पसारबाद लाई नै मान्न सकिन्छ । नेपाल विश्वमा सार्वभौम राष्ट्रको रूपमा संयुक्त राष्ट्रसंघमा मान्यता प्राप्त देश हो भने अन्तर्राष्ट्रिय कानुन को मान्यताले पनि नेपाल आफ्रनो राजनीतिक सामाजिक सांस्कृतिक र भौगालिक सुरक्षाको निमित्त आफ्नो नीति संविधान र कार्यलाई पनि नेपाल आफैले आफ्नो कानुन बनाउन सक्षम छ कुनै विदेशीको साहारा लिनु पर्ने आवश्यकता छैन।विश्व जनमंचमा नेपालको इतिहासलाई निकै गौरवपूर्ण रूपमा लिने गरिन्छ।एकता सद्भाव मित्रता शान्ति र आपसी मेलमिलाप नै वर्तमानको आवश्यकता हो जननायक बि पी कोइराला ले पनि २०३६ साल पुस १६ गते भारत प्रवास बाट यिनै विषयलाई महत्त्व दिएर मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएको थियो । बि पी को बिचार राष्ट्रियाता सँग कति उत्तरदायित्व थियो भन्ने विषय वाहाको मेलमिलापको नीति ले प्रस्टै पार्दछ । बि पी को बिचारमा राष्ट्रियएकता बिना मुलुकले निकास पाउन नसक्ने प्रजातन्त्रको दिगो विकास नहुने राष्ट्रियता को सुरक्षा पनि हुन नसक्ने निष्कर्ष मा पुगी देश जनता र प्रजातन्त्रको विकासको महत्त्व जनाता सम्म पुराउनु पर्ने निष्कर्ष का साथ नेपाल फर्कनु भएको थियो यो कुरालाई आजका नेपाली नेताहरूले किन मनन गर्न सकेका छैनन् या गर्न चाहेका छैनन् । अहिले देश सङ्कटमा छ त्यतिमात्र होइन देशको राष्ट्रियता नै सङ्कट तिर उन्मुक्त हुँदैछ सरकार र राजनीतिक दलहरू असक्षम भैसकेका छन् , सङ्कटको समाधान के हो र कसरि गर्ने भन्ने विषयतिर खासै ध्यान गएको देखिदैन विदेशी प्रभुत्वबादको निर्देशनमा कति सम्म दलहरूले गुलामी गर्दै लम्पसारबादमा परिणत भएको देखियो यो पनि निकै चिन्ता को विषय हो । अहिले सङ्घीयता , गणतन्त्र र धर्म निरपेक्षता पर्ति नेपाली जनताको आस्था र विश्वास घट्दैगएको छ ! संविधान घोषणा त भयो तर कार्यव्यंन हुन सकेन , हुन सक्ने अवस्था पनि क्षणिक देखिन्छ। राजनीतिमा एकता विश्वास र सद्भाव देखिदैन मेलमिलाप देखिदैन आपसी समझदारी देखिदैन प्रत्यक्ष जनता सँग सम्बाद देखिदैन उल्टै दलका नेताहरू जातीयता र क्षेत्रीयतामा मुलुक बिखन्डन गर्न आतुर देखिन्छन । यिनीहरू भारत चिन युरोपेली देश हरुको निर्देशन र इसारामा नाचिरहेका छन्यु।रोप र भारतको प्रभुत्वबाद आशीर्वाद धनमा रमाउदै नेपाल लाई विश्व सामु असफल देश बनाउने रणनीतिका साथ अगि बढिरहेका छन् अब यिनलाई कसरि जनताका नेता भन्ने यो प्रश्न नेपाली जनता सामु निकै खड्की रहेको छ।जनताको मौलिकता आम स्वतन्त्रता र आत्मनिर्णयको अधिकार को सुनिश्चितता को ग्यारेन्टी हुन जब सम्म सक्दैन तब सम्म नेपालको संविधानको महत्त्व जनता मा कमै रहन्छ ।

अमेरिकाका १६ औ राष्ट्रपति अब्राहीम लिंकन ले प्रजातन्त्रको विषयमा निकै महत्त्वपूर्ण बाक्यहरुको प्रयोग गरेका छन् प्रजातन्त्र भनेको राज्यमा नागरिक ले नागरिक का निमित्त नागरिक द्वारा निर्वाचित प्रतिनिधिबाट छनौट नेतृत्वमा नागरिक र देशको लागि गरिने शासनलाई नै प्रजातन्त्रिक शासन भन्ने गरिन्छ । जन नायक बि पी कोइराला पनि प्रजातन्त्रलाई जनता सँग जोड्दै जन अधिकारको सुरक्षाका निमित्त पनि प्रजातान्त्रिक शासन को महत्त्व बढी भएको महसुस गरी पन्चायात सँग कैले झुकेनन् र जनता देश र प्रजातन्त्रको पक्षमा सदै लडिरहे यी महामानव हरुका बिचार देखि आजका राजनीतिक दलहरू किन भिन्न देखिन्छन । काल्मार्क्स लेनिन र माओत्सेतुंग को बिचारबाट प्रभावित नेपालका कम्युनिस्ट हरू प्रजातन्त्र प्रति आस्था कमै देखिनछ उनीहरूको मनसाय या बिचार भने एकात्मक शासन नै हो जस्तो तिस वर्ष पंचायती शासन थियो। संसदीय व्यवस्था बहुदलिय प्रजातन्त्रमा मात्र मान्य हुने गर्दछ , कम्युनिस्ट बिचार भने अन्तिम समयमा जनाबादिको नाउ भजाई साम्यवादी मा परिणत हुने भएको हुँदा यो व्यवस्था भित्र प्रजातन्त्रको कुनै महत्त्व रहदैन किन भन्दा कम्युनिज्म शासन पद्धति भित्र दलीय व्यवस्था हुँदैन।अहिले नेपाली कम्युनिस्ट हरू भने प्रजातन्त्रबादी बन्न निकै नाटक रचेको देखिन्छ संसदीय व्याबस्ता स्वीकारेका छन् तर यिनीहरूको अन्तिम राजनीतिक गन्तव्य भने साम्यबाद मा परिणत हुँदै एकात्मक शासन नै हो । राज्यमा यौउटा दलको मात्र शासन ले बहुदलबाद हरुको अधिकारको हत्या हुने गर्दछ ।

नीति र भिजनलाई प्रजातान्त्रिक बिचार सँग समाहित गरी राज्य ले जनताको मौलिकता सार्वभौमिकता वाक स्वतन्त्रता आफ्नो आत्मनिर्णयको अधिकारलाई संरक्षण गर्ने परिपाटी पनि एकात्मक शासन पद्धति नभएर बहुलवादमा आधारित रही प्रजातान्त्रिक शासन पद्धति नै हो । नेपाल को राजनीतिक परिपक्षमा एकलबाद या बहुलवाद को विषय पनि निकै चर्चामा आउने गरेको पाइन्छ। नेपाली जनता भित्र यो विषय ले कति महत्त्व पायो या पाएन अथवा पाउनु पर्ने थियो या थिएन भन्ने तर्क र बितर्कहरु धेरै होलान् तर राष्ट्रिय राजनीतिको महत्त्व भने धेरै फरक देखिन्छ । मदन भण्डारी को बिचार लाई लिने हो भने नौलो जनबादको कार्यदिशाको तर्क भने राष्ट्रिय नीति सँग कति मेल खायो या खादैन भन्ने विषय पनि निकै महत्त्वपूर्ण रूपमा लिने गरिन्छ । मदन भण्डारी को जनबाद के को लागि थियो त राष्ट्रिय एकता या मेलमिलाप या त राजनीतिक सहमति वास्तवमा उनले बि पी को नीति सँग समाहित रहेर यो नीति अभिलम्वन गरेको पाइन्छ किन भन्दा उनी बि पी बिचार बाट प्रभावित थिए ! स्वर्गीय गणेश मान सिंह र कृष्ण प्रसाद भट्टाराई को बिचार ले पनि नेपाल जन पर्तिनिधी मुलुक अधिकार सम्पन्न तब हुन सक्छ जब मुलुक पूर्ण प्रजातान्त्रिक अधिकार वाट सम्पन्न हुन्छ ।
वर्तमान राजनीतिको निकास के त ?
नेपालको राजनीतिमा दलका नेताहरूले वर्तमानमा आपसी एकता समझ्दारी र मेलमिलापको नीति लिएर सङ्कट को सामधान का लागि एक हुने हो भने देशले निकास पाउनेमा दुइमत रहदैन । राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता हो ।राष्ट्रिय सहमतिको सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषय पनि महत्त्वपूर्ण रहन्छ ! दलहरू एक आपासमा खिचातानी नगरी समझदारी र सहमतिबाट राष्ट्रिय मुद्धाहरुलाई सम्बोधन गर्न पनि राजनीतिक सहमतिमा राष्ट्रिय सरकार आवश्यकता पर्दछ ।सरकार कसको नेतृत्वमा बन्ने यहाँ सम्म आइपुग्दा ओली , बाबुराम , माधव . झलनाथ र प्रचण्डको नेतृत्व असफल देखियो भने काँग्रेस सभापति देउवाको नेतृत्वले पनि राष्ट्रलाई निकास दिने सम्भावना कमै देखिन्छ त्यसैले काँग्रेस भित्र सक्षम ब्याकतिको रूपमा अहिले माहामन्त्री शशांक कोइराला लाई लिने गरिन्छ र उनको नेतृत्व राष्ट्रका लागि उत्तम पनि हो।