एकता मंचले गर्यो दिल्लीमा महिला बेचबिखन विरुद्ध अन्तरक्रिया कार्यक्रम - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

एकता मंचले गर्यो दिल्लीमा महिला बेचबिखन विरुद्ध अन्तरक्रिया कार्यक्रम



अर्जुन खनाल/नयाँ दिल्ली

महिला बेचबिखन एवंम न्यूनीकरणको  लागि हिजो दिल्लीको आईटीओ स्तिथ अखिल भारत नेपाली एकता मंचले अन्तरक्रिया कार्यक्रम  सम्पन्न गरेको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा  नेपाली राजदूतावास एवम् दिल्लीमा कार्यरत राजनैतिक एवंम गैर-राजनैतिक  नेपाली  संघ सँस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो

नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य लक्ष्मण पन्तले कार्यपत्र प्रस्तुत गर्दै “भारतमा प्रवासी संघसँस्था धेरै भएपनी काम गर्ने शैली भिन्न खालको भएको भन्दै राष्ट्रका साझा सवालहरुमा बोल्ने को–को छन ?” भन्ने कुरा छुट्टाउन जरुरी भएको बताएका थिए ।

नेपाली राजदूतावासका कर्याबाहाक राजदूत कृष्ण प्रसाद ढकालले यो कार्य सराहनीय रहेको वताउदै यसलाइ एउटा घटनाको रुपमा हेर्नु हुदैन भन्दै, यसको वास्तबिकता के हो ? कहाँबाट दलालहरुले चेलिबेटीलाइ फकाइ फुस्ल्याइ गरेर ल्याउछन ? जस्ता कुरालाइ पहिल्याउदै गाउघरहरुमा प्रशिक्षण चलाउने कार्य गर्न जरुरी भएको बताए । 14446201_1222826917768929_8970631775730928931_n

ढकालले थप्दै  “यो विषयमा राज्यले अलि अग्रसरता देखाउदै कहाँबाट शुरु भयो ? कसरी जालझेलमा पार्छ ? दलालले कसरी फकाउछ ? ती ब्यक्तिहरु को हुन ? सम्बन्धित निकायले त्यही नै कार्वाहि गर्न जरुरी भएको” वताउदै उनले गत बर्ष दूतावासले उद्दार गरेको तथ्यांक समेत प्रस्तुत गरेका थिए ।

सोहि कार्यक्रममा वकिल प्रेम क्षेत्रीले यो समस्या नेपाल र भारतको मात्रै नभइ अन्तराष्ट्रिय  समस्या बताए  । उनले भारतीय कानूनका विभिन्न बुंदाहरुलाइ विस्तारीत रुपमा विश्लेषण गर्दै सल्लाह र सुझाव पेश गरेका थिए ।

मंचका केंद्रीय अध्यक्ष इशरी भण्डारीले कार्यक़ममा आउने सबै संघ संस्था नेपाली दूतावास धन्यवाद ज्ञापन गर्दै  भारत का सबै मुख्य सहरमा एकता मंचको कार्यक्रम रहेको जानकारी  पनि गराएका थिए ।

अखिल भारत नेपाली एकता मंचका अध्यक्ष इश्वरी भण्डारी अध्यक्षता एवंम  उषा खड्काको  संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।उक्त कार्यलाई सबैको सहयोग र सहभागिताको लागि  एकाता  मंचकै आर बि खड्काले हिमाल पोष्टलाई जनाकारी गराए ।