एकनारायण भण्डारीको "हे भगवान्" बोलको गीतमा देखिए महेन्द्र र रन्जीता (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एकनारायण भण्डारीको “हे भगवान्” बोलको गीतमा देखिए महेन्द्र र रन्जीता (भिडियो सहित)



समीर प्रकाश पाण्डे

एकनारायण भण्डारी नेपाली सङ्गीत क्षेत्रमा पछिल्लो पुस्ताका सर्वाधिक रुचाइएका सफल सर्जक हुन् । चलचित्र देखि आधुनिक तथा लोकदोहोरीमा व्यवसायिकरुपमा उनका शब्द सङ्गीत नियमित सुन्न पाएका छन् श्रोता दर्शकले ।

अाजमात्रै एकनारायणले आफ्नो प्रस्तुतिमा नयाँ लोक दोहोरी गीत “ हे भगवान् ” बजारमा ल्याएका छन् । केही समय अगाडि गीतका केही पोष्टर र रिलिज मिति सार्वजनिक गरिएको गीतको अडियो भिडियो भने आज मात्र सार्वजनिक गरिएको हो । निकै दिन देखी सामाजिक सञ्जालमा चर्चा भइरहेको उनको यो पछिल्लो रचना हो ।

गायक रामजी खाँण र विष्णु माझी को स्वर मा रेकर्ड भएको गीतमा सङ्गीत समेत गीतकार एकनारायण भण्डारी कै रहेको छ ।

उज्वल घिमिरे निर्देशीत गीत हे भगवानममा  चर्चित मोडल द्वय महेन्द्र गौतम र रन्जीता गुरुड• को जोडीले अभिनय गरेका छन् । गीतलाई सितरा म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।