एलन मस्कको कम्पनी टाँट पल्टियो, कर्मचारीलाई थमाइयो पत्र - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

एलन मस्कको कम्पनी टाँट पल्टियो, कर्मचारीलाई थमाइयो पत्र



काठमाडौं । संसारकै धनाड्य एलन मस्कको कम्पनी स्पेसएक्स टाँट पल्टिन लागेको खुलेको छ । चन्द्रमामा जाने यानको इन्जिन तयार पारिरहेको कम्पनी टाँट पल्टिन लागेको स्पेसएक्सका सह-संस्थापक मस्कले नै जनाएका छन् ।

सह-संस्थापक मस्कले कम्पनी टाँट पल्टिन लागेको भन्दै कर्मचारीहरूलाई पत्र पठाएको अन्तराष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् । समाचार एजेन्सीहरूका अनुसार अब कर्मचारीले फरक तरिकाले काम गर्न नसके कम्पनी कोल्याप्स हुने अवस्थामा पुगेको मस्कले लेखेको पत्रमा उन्ल्लेख छ ।

मस्कले कामको गति बढाउन आफ्ना कर्मचारीहरूलाई पत्राचार गरेको तथ्य बाहिरिएको छ । अन्तराष्ट्रिय समाचार संस्था दी भर्जमा प्रकाशित रिपोर्टका अनुसार मस्कले स्पेसएक्सको अर्को उडानको लागि र्‍याप्टर ईन्जिनको उत्पादन बढाउन नसके कम्पनी टाँट पल्टिनसक्ने भन्दै कर्मचारीहरूलाई थप काम गर्नका लागि आग्रह गरेका हुन् ।

र्‍याप्टर ईन्जिन स्पेसएक्सको एउटा ठूलो मिथेन ईन्जिन हो, जसले कम्पनीको नयाँ जेनेरेसनको प्रक्षेपण प्रणाली ‘स्टारशिप’ लाई अगाडि बढाउन प्रयोग गरिनेछ । स्टारशिप स्पेसएक्सको नेक्स्ट जेनेरेसन अन्तरिक्षयान हो, जसको लागि हाल काम भइरहेको छ ।

यो यानबाट स्पेसएक्सले कार्गो र मानिसहरूलाई चन्द्रमा र मंगल ग्रहमा पठाउने लक्ष्य कम्पनीको छ । तर यसको लागि महत्त्वपूर्ण मानिएको र्‍यापटर ईन्जिनको उत्पादन कमी हुदाँ अर्को वर्षसम्म अन्तरिक्षयान निर्माणको कामलाई गति दिन नसके कम्पनीले ठूलो क्षति व्यहोर्नुपर्ने मस्कको दाबी छ ।

यो प्रोजेक्टको लागि अमेरिकी अनुसन्धान निकाय नासाले स्पेसएक्सलाई दुई अर्ब ९० करोड डलरको काम दिएको छ ।

स्पेसएक्सले स्टारशिपको प्रक्षेपण २०२५ सम्म गर्ने लक्ष्य लिएको छ । हालसम्म कम्पनीले केही साना परीक्षण उडानहरू भने गरेको छ, तर वास्तविक प्रक्षेपणका लागि भने सो यानमा ३९ वटा र्‍याप्टर ईन्जिनको आवश्यकता पर्नेछ ।