एलन मस्कले 'सातोसी नाकामोतो'को पोल खोलेपछि इन्टरनेट जगतमा हलचल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एलन मस्कले ‘सातोसी नाकामोतो’को पोल खोलेपछि इन्टरनेट जगतमा हलचल



न्युयोर्क- विश्वका सर्वाधिक धनी अर्बपति एलन मस्कले सातोसी नाकामोतो षडयन्त्र सिद्धान्तबारे पोस्ट गरेर अनलाइनमा हलचल पैदा गरेका छन् । उनको यस कार्यले रहस्यमय विटक्वाइन विकासकर्ताको पहिचान सम्बन्धमा पुनः अनुमानहरु जगाइदिएका छन् ।

उनले बुधवार एउटा तस्बिर सेयर गर्दै नक्कली नाम ‘सातोसी नाकामोतो’ वास्तवमा चारवटा विद्युतीय कम्पनीका नामको शब्दावली मिश्रणबाट तयार भएको बताएका छन् । उनले सामसुङको ‘सा’ तोसिवाको ‘तोसी’ नाकामिचीको ‘नाका’ र मोतोरोलाको ‘मोतो’ बाट ‘सातोसी नाकामोतो’ बनेको लेखेका छन् ।

तर थुप्रै मानिसले विटकोइनको विकासकर्ता भनिएका “सातोसी नाकामोतो’ कहिले पनि आधिकारिक रुपमा पुष्टि नभएको दावी गरेका छन् ।

विटक्वाइन निर्मार्ताले सन् २००७ देखि आफ्नो कोड लेख्न थालेको बताइएको छ । र , सन् २०११ को शुरुआत सम्म यो विटक्वाइनको विकासमा सक्रिय रहेको थियो ।

यद्यपि माथि उल्लेखित चारवटा कम्पनी सामूहिक रुपमा सातोसी नाकामोतो पछाडि रहेको भन्ने सिद्धान्त नयाँ भने होइन । मस्कले हालै पोस्ट गरेको तस्वीर ट्विटरमा सेयर गरिएको वर्षौं भइसकेको छ ।

आफैं क्रिप्टोकरेन्सीका समर्थक रहेको मस्क आफैं नै ‘सातोसी नाकामोतो’ भएको हल्ला सन् २०१७ देखि नै चलेको हो । कुनै पनि हालतमा विटकोइन विकासकर्ता जापानी हुन नसक्ने आशंकामा सो हल्ला चलेको थियो । तर मस्कले ति आरोपको खण्डन गरेका थिए ।

अन्य व्यक्तिहरुले पनि आफुलाई सातोसी नाकामोतो भएको हुनुपर्ने भनि गरिएका आशंका अस्विकार गर्दैआएका छन् । वर्षौं पहिले क्रेइग राइट नामक एक अष्ट्रेलियाली कम्प्युटर बैज्ञानिकले त्यो पहिचान आफु भएको दावी गरेका थिए । २०१६ मा व्लग पोस्टमा उनले आफु वास्तविक सातोसी नाकामोतो भएको र आफुसंग सो दावी पुष्टि गर्ने प्रमाण रहेको लेखेका थिए ।

त्यसैगरी टेस्ला कम्पनी र स्पेस एक्सका मालिक मस्क लगायत थुप्रै व्यक्तिले कम्प्युटर बैज्ञानिक निक स्जावो वास्तविक सातोसी नाकामोतो भएकोे सोच्ने गरेका छन् ।