माधवकुमार नेपालको गृहजिल्लामा एमालेको कन्तबिजोग ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

माधवकुमार नेपालको गृहजिल्लामा एमालेको कन्तबिजोग !



रौतहट, असोज ६-

नेकपा एमालेका नेता माधवकुमार नेपालको गृहजिल्ला रौतहटबाट एमालेले एउटा पनि तहमा प्रमुख पद नजित्ने पक्का भएको छ । पार्टी वरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्ला समेत रहेको रौतहटबाट एमालेले अहिलेसम्म एउटा पदमा पनि प्रमुख जितेको छैन । मतगणना भैरहेका तहमा पनि एमाले पछाडि धेरै छ ।

रौतहटमा १६ नगरपालिका र २ वटा गाउँपालिकामा रहेकोमा ११ तहको नतिजा आइसकेको छ । अग्रपंक्तिमा कांग्रेस छ ।११ स्थानको नतिजा सार्वजनिक हुँदा ५ स्थानमा कांग्रेस, २ स्थानमा संघीय समाजवादी फोरम नेपाल, २ स्थानमा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम र राजपा नेपाल १/१ स्थानमा जित हात पार्न सफल भएका छन् ।