एमालेद्धारा माओवादी केन्द्र र नयाँशक्तिसँग भएको चुनावी तालमेलको सहमति पालना गर्ने निर्णय - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

एमालेद्धारा माओवादी केन्द्र र नयाँशक्तिसँग भएको चुनावी तालमेलको सहमति पालना गर्ने निर्णय



आश्विन २१,  नेकपा एमालेले माओवादी केन्द्र र नयाँशक्तिसँग गत मंगलबार भएको चुनावी तालमेलको सहमति अक्षरश: पालना गर्ने निर्णय गरेको छ ।राजधानीको धुम्बाराहीस्थित पार्टी कार्यालयमा आज बसेको सो पार्टीको स्थायी समिति बैठकले चुनावी तालमेल तथा पार्टी एकताका लागि भएका सहमति अक्षरश: पालना गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टी एकता संयोजन समिति, साझा घोषणा पत्र मस्यौदा कार्यदल र दलहरुबीच निर्वाचन क्षेत्र बाँडफाँड कार्यदललाई छिटो भन्दा छिटो काम सक्न निर्देशन दिएको पार्टी सचिव प्रदिप ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिनुभयोएमालेले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनौट गर्दा २०७० सालमा भएको संविधान सभा र स्थानीय तह निर्वाचनको नतिजालाई आधार मान्ने निर्णय गरेको छ ।

यी निर्वाचनको नतिजालाई आधार मानेर उम्मेदवार छनौट गर्दा गठवन्धनमा कुनै समस्या नहुने सचिव ज्ञवालीले बताउनुभयो । उहाँले बाम गठवन्धन कुनै दलप्रति लक्षित नरहेको भन्दै कोही पनि डराउन नपर्ने बताउनुभयो ।ग्रेसका केही नेताले बामगठवन्धनलाई अधिनायकवाद तर्फ उन्मुख र लोकतन्त्रको खतरा भनेर गरेको टिप्पणीले आफुहरुलाई आश्चर्यचकित बनाएको ज्ञवालीको भनाई थियो ।

यस्तै चितवन जिल्ला समन्वय समितिको निर्वाचनका लागि एमालेका तर्फबाट प्रमुखमा कृष्णकुमार डल्लाकोटी र उपप्रमुखमा मुनाकुमारी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको ज्ञवालीले बताउनुभयो ।