गुल्मी क्षेत्र नं १ बाट प्रदिप ज्ञवाली, २ बाट गोकर्ण विष्ट - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गुल्मी क्षेत्र नं १ बाट प्रदिप ज्ञवाली, २ बाट गोकर्ण विष्ट



गुल्मी, असोज २२ – आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि नेकपा एमाले गुल्मीले दुबै क्षेत्रबाट सर्वसम्मत रुपमा उम्मेदवारको नाम सिफारिस गरेको छ । सिफारिस पर्नेमा केन्द्रीय सचिवद्वय प्रदिप कुमार ज्ञवाली र गोकर्णराज बिष्ट हुनुहुन्छ ।

पार्टीको बैठकबाट दुवै केन्द्रीय नेताहरुको नाम सिफारिस गरिएको एमाले गुल्मीका सचिवालय सदस्य जंग नेपालीले बताउनुभयो ।

ज्ञवाली गुल्मी क्षेत्र नम्बर १ बाट र बिष्ट क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उमेदवारका लागि सिफारिसमा पर्नु भएको हो ।  ज्ञवालीले २०५६ र ६४ मा साविकको क्षेत्र नम्बर २ बाट दुई पटक निर्वाचित हुनु भएको थियो भने विष्ट २०५६ र ७० मा साबिकको क्षेत्र नम्बर ३ बाट २ पटक निर्वाचित हुनु भएको हो ।