एमाले अध्यक्ष ओलीको घरमा बिहान ४ बजे बम विष्फोटन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एमाले अध्यक्ष ओलीको घरमा बिहान ४ बजे बम विष्फोटन



झापा, मंसिर ९ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरमा झापामा रहेको घरको गेटमा बम विस्फोट भएको छ । शनिबार बिहान ४ बजेतिर झापाको दमक नगरपालिका–५ मा रहेको ओलीको घरको पूर्वी गेटमा विस्फोट भएको हो ।

एकपछि अर्को गर्दै उम्मेदवार लक्षित बम विष्फोटका घटनाहरु अझै रोकिएका छैनन् । विस्फोटबाट गेटमा सामान्य क्षति भएको छ । यस्तै त्यहिं नजिकै अर्को विस्फोटक पदार्थ पनि भेटिएको छ ।

घरको गेट बाहिर एउटा झोला झुण्ड्याइएको अवस्थामा रहेको र त्यहाँ पनि बम हुन सक्ने इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

झोलाभित्र शंकास्पद बस्तु भएकोले त्यसलाई डिस्पोज गर्न केरखाबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल आइपुगेको छ ।बम डिस्फोजल टोलीले विस्फोटक पदार्थ निष्क्रिय पार्ने प्रयासमा गर्दै गरेको बताइएको छ ।