एमालेको बैठक आज बोलाईयो, शंकर पोखरेलले अध्यक्षता गर्ने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एमालेको बैठक आज बोलाईयो, शंकर पोखरेलले अध्यक्षता गर्ने



काठमाडौं- नेकपा (एमाले)को केन्द्रीय कार्यालय बैठक आइतबार बस्दै छ। आइतबार दिउँसो १ बजे बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ।

यो बैठकको अध्यक्षता भने महासचिव शंकर पोखरेलले गर्ने छन् । आइतबार बस्ने केन्द्रीय कार्यालय बैठकमा महासचिव, उपमहासचिव र सचिव सदस्य रहेका छन्।

च्यासलमा बस्ने बैठकले सोमबार बस्ने भनिएको केन्द्रीय सचिवालय बैठकको कार्यसूची निर्धारण गर्ने नेता विष्णु रिजालको भनाइ छ ।