एमालेको सचिवालय बैठक आज बस्दै, यस्तो छ तयारी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एमालेको सचिवालय बैठक आज बस्दै, यस्तो छ तयारी



काठमाडौं- निकै चासोका साथ् हेरिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न बैठक खस मानिएको छ ।

आजको बैठकमा स्थानीय निर्वाचनको समीक्षा, र नेता घनश्याम भुसालमाथिको कारबाही मुख्य एजेण्डा रहेको बताइको छ ।

त्यसबाहेक गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण बारे पनि बैठकमा छलफल गरिने बताइएको छ ।

यसअघि आइतवार एमालेको केन्द्रीय कार्यालयको बैठक बसेको थियो । सोही बैठकले आजको सचिवालय बैठकको एजेण्डा तय गरेको हो ।