एमाले बैठकमा मध्यमार्गी नेताहरूमाथि अपमान - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एमाले बैठकमा मध्यमार्गी नेताहरूमाथि अपमान



काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा माधव नेपाल छाडेर एमालेमै रहेका मध्यमार्गी नेताहरूको अपमान भएको छ । मध्यमार्गी नेताहरुलाई बोल्ने अवसरबाट समेत बन्चित गरिएकोछ ।

शुक्रबारबाट जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमाथि १० वटा समूह बनाएर गरिएको छलफलको निष्कर्ष सुनाइदा नेपाल छोडेर आएका नेताहरुलाई कुनै अवसर नदिइ बन्चित गरिएको छ ।

शनिबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको बैठकमा समूहगत छलफल सकिए पनि प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाएर समूहगत छलफल प्रारम्भ गरिएको थियो । तर १० वटा समूहमा नेपाललाई छाडेर आएका नेताहरुलाई समेटिएको छैन् ।

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको थियो । तर दशवटै समूहको टोली नेता चयन गर्दा नेपाल छाडेर आएकाहरुलाई बन्चित गरिएको बैठकमा सहभागि एक नेताले बताए । टोली नेतामा सबै केपी शर्मा ओली निकट नेताहरु मात्र राखिएको छ ।

जस अनुसार प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना र कर्णालीबाट यमलाल कँडेल टोली नेता चयन भएका छन्। सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराईले चयन भएका छन् ।

नेकपा एमालेका उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसालले नेता नेपालको साथ छाडेर ओलीसँगै पुगेका छन् । त्यस्तै सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहराले नेपाल समूह छाडिसकेका छन् ।