एमाले बाँकेको १ नं. क्षेत्रीय कमिटीद्वारा विभिन्न निर्णय - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एमाले बाँकेको १ नं. क्षेत्रीय कमिटीद्वारा विभिन्न निर्णय



कोहलपुर ८ कार्तिक ।

नेकपा (एमाले) बाँके क्षेत्र नं. १ क्षेत्रीय समन्वय कमिटीको दोस्रो पूर्ण बैठक बुधवार कोहलपुरमा सम्पन्न भएको छ ।

कमिटीका संयोजक क. सूर्य ढकालको अध्यक्षतामा बसेको बैठकले यही मसिर २१ गते हुन गइरहेको सङ्घ र प्रदेशको निर्वाचनमा वामपन्थी गठबन्धनका उम्मेदवारलाई अत्याधिक मतले विजय बनाउन १ सय ५ सदस्य निर्वाचन परिचालन क्षेत्रीय कमिटी गठन गर्ने निर्णय गरेको छ ।

जिल्ला कमिटीका सचिवालय सदस्य तथा क्षेत्र नं १ का संयोजक क सूर्य ढकालको सयोजकत्वमा यस क्षेत्र भित्र रहेका वडा इन्चार्जहरु, यस क्षेत्र भित्र रहेका जिल्ला सल्हाकार परिषदका सदस्यहरू,यस क्षेत्र भित्र रहेका जेष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरू, यस क्षेत्र भित्र रहेका प्रदेश कमिटीका संयोजक तथा सह संयोजकहरु, यस क्षेत्र भित्र रहेका गाउँपालिका तथा नगर कमिटीका संयोजक तथा सहसंयोजक र सचिवहरु,क्षेत्रीय कमिटीका सदस्यहरू र यस क्षेत्र भित्र रहेका जनवर्गिय सङ्गठनका केन्द्रीय सदस्य तथा वर्तमान तथा पूर्व जिल्ला पदाधिकारीहरू सदस्य रहने गरी निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।

बैठकले चुनाव प्रचार प्रसार क्षेत्रीय समितिको सचिवालय समेत गठन गरेको छ । सचिवालयमा यस क्षेत्र भित्र रहेका वडा इन्चार्जहरु, यस क्षेत्र भित्र रहेका जिल्ला सल्हाकार परिषद्का सदस्यहरू, यस क्षेत्र भित्र रहेका जेष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरू, यस क्षेत्र भित्र रहेका प्रदेश कमिटीका संयोजक तथा सह संयोजकहरु, यस क्षेत्र भित्र रहेका गाउँपालिका तथा नगर कमिटीका संयोजक तथा सह संयोजक र सचिवहरु, पूर्व क्षेत्रीय कमिटीका पदाधिकारीहरू र यस क्षेत्र भित्र रहेका जनवर्गिय सङ्गठनका केन्द्रीय सदस्य तथा वर्तमान तथा पूर्व जिल्ला पदाधिकारीहरू रहने निर्णय गरिएको संयोजक सूर्य ढकालले जानकारी दिए ।

वामपन्थी गठबन्धनले अगाडि सारेका उम्मेवादरलाई विजय बनाउन र यस अभियानमा सबै नेता तथा कार्यकर्ताहरू परिचालन गर्न एमाले र माओवादी यस क्षेत्रमा रहेका नेताहरूको संयुक्त बैठकको आयोजना दुवै पक्षसँग सल्लहा गरेर उपयुक्त समयमा आयोजना गर्नेे जिम्मेवारी कमिटीका संयोजकलाई दिने निर्णय बैठकले गरेको छ ।

बैठकले यस क्षेत्र भित्र रहेका सबै वडाहरुको वडास्तरीय बैठक मिति २०७४ कार्तिक गते देखि २५ गते सम्म बसी बुथ स्तरीय चुनावी कार्यत्रम तयार गर्ने, यस क्षेत्रभित्र रहेका क्षेत्रीय कमिटीका जन वर्गिय संगठनहरुको बैठक बसाउने र यस क्षेत्र भित्रका चुनावी गठबन्धनमा रहेका दलका नेता तथा कार्यकर्ताको नाम, नम्बर र कमिटीगत विवरण तत्काल सङ्कलन गर्ने निर्णय गरेको छ ।