प्रचण्डले सरकार ढालेको खण्डमा एमालेले तत्कालै प्रधानमन्त्री बनाउने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रचण्डले सरकार ढालेको खण्डमा एमालेले तत्कालै प्रधानमन्त्री बनाउने



काठमाडौं- नेकपा एमालेले अहिलेको गठबन्धन छोडेर सरकार ढालेको खण्डमा माओवादीका अध्यक्ष पुश्पकमल दाहल प्रचण्डलाई प्रधानमन्त्री बन्न सहयोग गर्ने बताएको छ ।

एमालेका नेता तथा प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुलाई सरकारमा सहभागी हुन कुनै हतार नभएकाले अहिलेको सरकार छोडेको खण्डमा प्रचण्डलाई समर्थन गर्ने बताएका हुन् ।

उनले अहिलेको सरकारले ब्रम्हलुट मच्चाएको भन्दै प्रचण्डले सरकार बनाउन प्रयास गरे बाहिर बसेर भएपनि सहयोग गर्ने खुलासा गरेका छन् ।

एक टेलिभिजनसँग कुरा गर्दै नेता भट्टराईले यस्तो खुलासा गरेका हुन् । उनले भने, ‘एमाले बाहिर बसेर सरकार बनाउन पनि सपोर्ट पनि गर्न सक्छ ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भए सरकार बनाउनको लागि बाहिर बसेर भएपनि समर्थन गरिदिने उनको दाबी छ ।

उनले भने, ‘हामी एकदम बिना शर्त सहयोग गर्छौं । उहाँहरुले चुनावी सरकार बनाए हामी समर्थन गरिदिन्छौं । तर, हामीलाई सरकारमा जान कुनै रुचि छैन् । हतारो छैन् ।’ उनले सरकारले खोपसमेत गायब बनाएको र आफूहरुले हिसाब मागेको सुनाए ।

उनले आफूहरुले आगामी संसद्को निर्वाचनमा एक्लै जाने भनेर कसम नखाएको बताए । उनले आफूहरुको सबैलाई भेला पारेर जाने भनेर पनि कुनै तयारी नगरेको सुनाए । उनले मुलुकको निर्वाचन प्रणालीले एक्लैले बहुमत ल्याउन मुश्किल भएकोले मिल्नसक्नेसँग आवश्यकत्ताअनुसार तालमेल गरेर पनि जान सकिने सुनाए ।