एमाले भित्रै यस्तो गुण्डागर्दी आफ्नै कार्यकर्तालाई कानको जाली नै फुट्ने गरी कुटपिट - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

एमाले भित्रै यस्तो गुण्डागर्दी आफ्नै कार्यकर्तालाई कानको जाली नै फुट्ने गरी कुटपिट



हिमाल पोस्ट /११ चैत ।

पव्लिक युथ क्याम्पसमा अनेरास्ववियुकै क्याम्पस कमिटीका एक नेताले आफ्नै कमिटीमा आवद्ध नेतालाई कुटपिट गरेपछि अहिले अखिल भित्रै आलोचना भएको छ ।

पव्लिक युथ क्याम्पसका उपाध्यक्ष अमित महरले सहसचिव आकाश खनालाई कानको जाली नै फुट्ने गरी कुटपिट गरेको अनेरास्ववियुले जानकारी दिएकोछ । महरले खनाललाई छुद्र बचन प्रयोग गर्दै कुटपिट गरेका हुन् । क्याम्पस हाता भित्रै महरले खनाललाई कुटपिट गरेपछि अनेरास्ववियुका कार्यकर्ताहरुले उनको उदण्ड कार्यशैलीको विरोध गरेका छन् ।

‘विद्यार्थीको काम गरिरहेका खनालमाथि भूकम्प पीडितको कार्ड नल्याइदिएको भन्दै एक्कासी महरले निर्घात कुटपिट गरेका हुन्,’ प्रत्यक्षदर्शी एक विद्यार्थीले भने । घाइते खनालको मनमोहन हस्पिटलमा उपचार भएको छ । घाइते खनालको देब्रे कानको जालिमा प्वाल परेको डाक्टरको रिर्पोटमा उल्लेख छ ।

पहिले त्रीचन्द्र कलेजमा खुकुरी प्रहार गरि २४ दिन   जेल बसेको र पहिले देखि नै अपराधिक कृयाकलापमा सम्लग्न भएको अमीत महर, अनेरास्वबियु केन्द्रीय कमिटी महासचिब ऐन महरको आफ्नै भाइ भएको जानकारी आएको छ ।संगठनको उपाध्यक्ष बाटै यस्तो हर्कत भएपछी बिद्यार्थिहरुमा त्रास र भयको वातावरण बनेको क्याम्पसका एक कर्मचारिले बताए ।

महरले यस अघि पनि आफ्नै कमिटिका साथीहरुलाई पटक–पटक धम्क्याउँने, हातपातको प्रयास गर्ने जस्ता हर्कत गर्दै आएका थिए । यस अघि पनि महरलाई संगठनले कारवाही गरेको थियो । तर, उनको कारवाही केही समयमै फिर्ता भएको थियो ।

के भन्छन त पिडित खनाल 

यस्तो निच र तल्लो स्तरको ब्याबहार संगठनबाटै भएपछी पार्टी पङ्ती र अनेरास्ववियुले के एक्सन लिन्छ भनेर हेरेको छु । मलाइ संगठन तथा पार्टीले न्याय दिने कुरामा बिस्वस्त छु। होइन भने पार्टी र संगठनले भन्नू पर्यो गुण्डागर्दी खालको राजनितीलाई हामी संरक्षण गर्छौँ । तर यदि त्यस्तो भयो भने, संगठन भित्रका सोझासाझा  कार्यकर्ताको मनोबल घट्ने छ, अनेरास्ववियुको सांगठनिक जिवनलाइ प्रत्यक्ष प्रभाब पार्ने छ।