चुनावबारे बोल्नै पाएन एमाले, नेताहरू असन्तुष्ट - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

चुनावबारे बोल्नै पाएन एमाले, नेताहरू असन्तुष्ट



काठमाडौं- प्रमुख प्रतिपक्षी डल एमाले निर्वाचन र निर्वाचनसम्बन्धि छलफलमा भागै लिन पाएन । संसदीय परम्परा अनुसार प्रमुख प्रतिपक्षी दललाई चुनाव र चुनावको मितिबारे छलफलमा डाक्ने गरिन्छ ।

हालको संसदमा सबैभन्दा ठूलो पार्टी नेकपा एमालेलाई बोल्न सम्म मौका नदिएर सरकारले निर्वाचनको मिति तय गरेको छ । बुधबार सत्ता गठबन्धनका दलहरूले निर्वाचनसम्बन्धि छलफल गरे सहमति जुटाए तर एमालेलाई सोध्ने काम समेत गरिएन ।
शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समयमा चुनाव मिति तोक्न दबाव दिएको एमालेलाई सरकारले राय राख्ने अवसर पनि दिएको छैन । अघिल्लो चुनावमा सबैभन्दा बढी मत र सिट पाएको एमाले आगामी निर्वाचन र निर्वाचनको मितिबारे बेखबर रह्यो ।

सरकारले निर्वाचन समयमा नगर्ने षड्यन्त्र गरेको भन्ने आरोप लगाइरहेको एमालेले तय भएको निर्वाचनको मिति समाचारबाट थाहा पाउने अवस्था आएको छ ।

निर्वाचनको मितिबारे गठबन्धनका नेताहरूले लगातार छलफल गर्दा पनि एमालेलाई बैठकहरुमा डाकिएन । चुनावजस्तो संवेदनशील र महत्वको विषयमा प्रमुख प्रतिपक्ष, अनि संसदको ठूलो पार्टीको राय नमागिएको भन्दै एमालेका केहि नेताहरूले असन्तुष्टि जनाएका छन् ।