अर्का केन्द्रीय सदस्यले पनि छोडे एमाले - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अर्का केन्द्रीय सदस्यले पनि छोडे एमाले



नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव रामप्रित रामले पार्टी परित्याग गरेका छन्।

आसन्न मंसिर ४ को चुनावमा जनता समाजवादी पार्टी जसपा र राप्रपा, राप्रपा नेपालसँग तालमेल गरेकोप्रति असन्तुष्टि देखाउँदै रामले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

सोमबार जारी विज्ञप्तिमा ‘पार्टी केन्द्रीय कमिटीको बैठकले आसन्न प्रितिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने भनि गरेको निर्णय उल्टाउँदै एकल क्षेत्रीय राष्ट्रवाद र घोर दक्षिणपन्थी दलहरुसँग गठबन्धन गरिएको’ उनले आरोप लगाएका छन्।

साथै उनले ‘४–५ दशकदेखि पार्टी संगठनमा योगदान तथा त्याग गरेका कमरेडहरुलाई टिकटबाट बञ्चित गर्नु तर कुख्यात पञ्चायतकालीन तस्कर राजसंस्था पुनःस्थापनाका लागि गतिविधि गर्ने कमल थापालाई पार्टीले टिकट दिएर सूर्य छापबाट चुनाव’ लडाएको बताएका छन्।