एमाले, कांग्रेस कार्यकर्ता रहेका दुई युवाद्वारा गोरसिंगेमा १९ बर्षिया युवतीलाई सामूहिक बलात्कार, - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एमाले, कांग्रेस कार्यकर्ता रहेका दुई युवाद्वारा गोरसिंगेमा १९ बर्षिया युवतीलाई सामूहिक बलात्कार,



गोरसिङे। कपिलवस्तु जिल्लाको बुद्धभूमी नगरपालिका वार्ड नम्बर – २ गोरसिंगेमा मङ्गलवार सामूहिक बलात्कारको आरोपमा अर्घाखाँचीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची घर भई हाल गोरसिङे बस्ने गोरुसिंगेका सागर पोख्रेल तथा सुनिल अग्रहरी रहेको बताइएको छ । उनीहरूको घर अर्घाखाँची कहाँ हो भन्ने खुल्न सकेको छैन ।

गजेहडाकी अन्दाजी १९ बर्षिया युवती सामूहिक बलात्कारमा परेकी हुन् । युवतीका अनुसार आफू साथी सँगै गोरुसिंगे स्थित अर्घाखाँची चोक किनारमा बसिरहेको बेला एमालेको सूर्य चिन्हको टिर्सट र अर्काे रुख चिन्हको टिर्सट लगाएका दुई युवाले बलात्कार गरेको बताएकी छिन् । इलाका प्रहरी कार्यालय गोरसिंगेले घटनामा संगल्न दुई जनालाई प्रकाउ गरेर म्याद थप गरी कारबाही अघि बढाएको प्रहरीले बताएको छ ।

यस्तै युवतीको मेडिकल जाँच गरी बलात्कारको पुष्टि भएको प्रहरीले बताएको छ ।

घट्नाका प्रत्यक्षदर्शीहरुका अनुसार मङ्गलवार दिउसो करिब ३ः३० बजे युवकलाई कुटपिट गरेर लखेटेको र युवतीलाई जर्बजस्ती सडक सँग जोडिएकै त्रिशुली सामुदायिक वनको जङ्गलमा लगेको बताएका छन् ।

उता एमाले, काँग्रेस नेता तथा कार्यकर्ताले निर्वाचनका बेला आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको भन्दै प्रहरीलाई मुद्धा फितलो बनाउन व्यापक दबाब दिएका छन् । ”घटना मिलाउन इलाकामा दबाब आएपनि अनुसन्धान भइरहेको छ नियमानुसार कारबाही गर्छौ” जिल्ला प्रहरी नायब उपरिक्षक प्रह्लाद अधिकारीले बताए ।

आरोपी सागर पोख्रेल अनेरास्ववियुका इकाइ सदस्य तथा म्यादी प्रहरी समेत रहेको प्रहरीको भनाई छ ।

अर्घाखाँचीडट कमबाट