एमाले नेतृत्वको गठबन्धनको दुई तिहाई पक्का:आचार्य । - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमाले नेतृत्वको गठबन्धनको दुई तिहाई पक्का:आचार्य ।



 कमल बिस्ट /आश्विन २८

नेकपा एमाले अर्घाखाँचीको आयोजनामा छ्त्रदेव गाउँपालिकामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्तव्य राख्दै एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले आसन्न संघीय सम्सद र प्रदेश निर्वाचनमा एमाले नेतृत्वको वामपन्थी गठबन्धनले दुई तिहाई स्थानमा विजयी हासिल गर्ने बताउनु भएको छ ।

उहाले राष्ट्रियताको रक्षा र समृद्ध राष्ट्र निर्माणका लागि नेकपा एमालेलाई जिताउन आग्रह गर्नुभयो । एमाले छत्रदेव गाउँपालिकाका अध्यक्ष भविश्वर पान्डेको अध्यक्षता र सचिव कृष्ण भुसालको संचालनमा सम्पन्न कार्यक्रममा एमाले पाँच नम्बर प्रदेश समन्वय कमिटिका सदस्य द्वय रामजी प्रसाद घिमिरे र पिताम्बर भुसालले राष्ट्रघाती दलालका विरुद्ध एमालेले लिएको अडान प्रभावकारी भएको बताउनुभयो ।

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य दलबहादुर भट्टराई, पिताम्वर भुसाल , जिल्ला कमिटी सदस्य प्रदीपनारायण शाह , स्थानीय नेता मनिशा पन्थी , तेजप्रसाद खाना , भोजबहादुर रायमाझी लगायतले समेत मन्तव्य राख्नुभएको थियो , कार्यक्रममा गत स्थानीय निर्वाचनमा विजयी एमाले निकटका जनप्रतिनिधिहरुलाइ सम्मान गर्दै सफल कार्यकालका लागि शुभकामना समेत व्यक्त गरिएको थियो ।

एमालेले यश अघि मालारानी , भुमिकास्थान र शितगङ्गा नगरपालिकामा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरि निर्वाचनका निम्ति गाउँ गाउँ बाट सक्रियताका साथ लाग्न कार्यकर्ताहारुलाई आव्हान गरेको छ ।