जसपाले डबल बार्गेनिङ गरेपछि झस्कियो एमाले - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जसपाले डबल बार्गेनिङ गरेपछि झस्कियो एमाले



काठमाडौं- मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फको उमेदवारी दर्ताको मिति नजिकँदा पनि दलहरूले सिटबाँडफाँडको टुंगो लगाउन सकेका छैनन् ।

सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) गठबन्धन र प्रतिपक्षी नेकपा (एमाले)सँग समानान्तर वार्ता गरिरहेको छ । सत्ता गठबन्धन र एमालेसँग डबल बार्गेनिङ गरेको थाहा भएपछि एमाले नेताहरू झस्किएका छन् ।

बालुवाटारमा दलका नेताहरूलाई छाडेर जसपा अध्यक्ष उपेन्द्र यादव बिहीबार एमाले नेता रघुवीर महासेठ निवास भैँसेपाटीमा पुगेका थिए ।

आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर तालमेलको सहमति भइरहेको नेताहरू बताउँछन् । जसपा गठबन्धनसँग पनि संवादमा रहेको एमाले नेताहरूको भनाइ छ ।

एमाले स्थायी कमिटी सदस्य प्रभु साह जसपा तालमेलबारे दुवैतिर बार्गेनिङमा रहेको बताउँछन् ।

त्यस्तै, एमाले नेता राजन भट्टराई पनि जसपा गठबन्धनसँग सम्पर्कमा रहेको आशंका गर्छन् ।

बालुवाटारसँग पनि सम्पर्कमा भएकाले जसपासँग सहमति नभएको नेताहरूले बताएका छन् ।