महोत्तरी एमालेमा लफडा, बन्यो समानान्तर कमिटि « Himal Post | Online News Revolution
Logo

महोत्तरी एमालेमा लफडा, बन्यो समानान्तर कमिटि



महोत्तरी । महोत्तरीमा नेकपा एमालेको वडा अधिवेशमा विवाद सिर्जना भएको छ ।

वडा अधिवेशन एकलौटी ढंगले गरेको भन्दै बल्वा नगरपालिकाका, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाका केही वडाहरूमा समानान्तर कमिटी समेत गठन भएका छन ।

पार्टीभित्र गरेको योगदानलाई बेवास्ता गरी नातागोता र सम्बन्धको आधारमा निर्वाचित गरेको भन्दै समानान्तर कमिटी गठन गरिएको छ ।

केही असन्तुष्ट समुहले समानान्तर कमिटी गठन गरे पनि छिट्टै त्यसलाई समाधान गर्ने नेकपा एमाले महोत्तरीका सचिव सिताराम झाले बताए ।

‘यदि दुवै पक्षमा सहमति नभए हामी निर्वाचन नै गर्ने तयारी गर्दै छौँ । अवस्था हेरेर तुरुन्त निर्णय गर्छौ’, सचिव झाले बताए ।

महोत्तरीका १३७ वडामध्ये करिब ८० प्रतिशत वडाहरूमा सर्वसम्मत रूपमा नेतृत्वसहित पदाधिकारी चयन भएको झाले बताए ।