एमालेले ललितपुरबाट खोल्यो जितको खाता - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एमालेले ललितपुरबाट खोल्यो जितको खाता



प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेले ललितपुरबाट पहिलो जित निकालेको छ ।

ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले पहिलो जित निकालेका हुन् ।

उनी १९ हजार ७३४ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत पाएका छन् ।

एमाले उम्मेदवार महर्जन विजयी भएको र यसबारे केही क्षणमा आधिकारिक रुपमा घोषणा गर्न लागेको बताइएको छ ।