एमालेद्वारा चुनावको लागि एनआरएनलाई प्रतिव्यक्ति एक हजार अमेरिकी डलर सहयोग गर्न आग्रह - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एमालेद्वारा चुनावको लागि एनआरएनलाई प्रतिव्यक्ति एक हजार अमेरिकी डलर सहयोग गर्न आग्रह



काठमाडौं, कात्तिक १ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको सत्तालिप्साका कारण मुलुक संकटमा परेको आरोप लगाएका छन् ।

 एमालेनिकट एनआरएनएको बुधबार राजधानीमा भएको भेलामा उनले कांग्रेसको सत्तालिप्साले मुलुकमा संकट थपिएको बताए ।

सरकार निर्वाचन नगर्ने षड्यन्त्रमा लागेको भन्दै उनले सरकारको षड्यन्त्र पूरा हुन नदिने बताए ।

नेपाली जनता निर्वाचनको पक्षमा रहेको भन्दै त्यसका लागि एमालेले खबरदारी गर्ने पनि उनले बताए ।

उनले एमालेलाई आर्थिक सहयोग गर्न एनआरएनए समुदायसँग आग्रह गरे ।

वरिष्ठ नेता माधवकुमार नेपालले जुनसुकै मूल्य चुकाएर भएपनि आसन्न निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्ने बाध्यता भएकाले प्रतिव्यक्ति एक हजार अमेरिकी डलर सहयोग गर्न आग्रह गरे ।

एनआरएनए प्रतिनिधिहरुले भने पार्टीले देश र जनताको पक्षमा काम नगरी गुट–उपगुटमा विभक्त भएको गुनासो गरेका थिए ।