निर्वाचनमा एमाले र लोसपाले गठबन्धन गर्ने सहमति - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

निर्वाचनमा एमाले र लोसपाले गठबन्धन गर्ने सहमति



काठमाडौँ- यही माघ १२ गते सम्पन्न हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन हुने भएको छ। आज दुई दलबीच गठबन्धन गर्ने सहमति भएको हो।

सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले एकअर्कालाई मतदानमा सघाउने भएका छन्।

बिहीबार भएको सहमतिमा एमालेका मधेस प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले सयुंक्त हस्ताक्षर गरेका छन्। राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनबीच सहमति भइसकेको छ।