मनाङ मतगणना: एमालेको फराकिलो अग्रता - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मनाङ मतगणना: एमालेको फराकिलो अग्रता



मनाङको चामे गाउँपालिकामा नेकपा एमालेले फराकिलो अग्रता लिएको छ । कूल ५ वटा वडामध्ये २ वटा वडाको गनिसक्दा अध्यक्षमा एमाले उम्मेदवारले राम्रो अग्रता लिएका हुन् ।

अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घलेले १५२ उपाध्यक्षमा आशकुमारी गुरुङले १२९ मत पाएका छन् । नेपाली कांग्रेस अध्यक्ष उम्मेदावर छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्ष उम्मेदवार मिङमार ढोमा लामाले १५४ मत पाएका छन् ।

चार वटा पालिका रहेको मनाङमा ८ बजेदेखि मतगणना कार्य थालिएको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए । गाउँपालिका कार्यालय रहेका भवनमा निर्माण गरिएको मतगणना स्थलमा मतगणना भएको छ । ५ वडा रहेको चामेमा जम्मा ७११ जना मतदाता छन् ।

२८ वटा वडा रहेको मनाङमा २८ वटै मतदान केन्द्र रहेको छ । मनाङमा कुल मतदाता ६ हजार ४ सय ९६ जना रहेकोमा ४ हजार ६७ मत खसेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए । यो ६२.६० प्रतिशत मत खसेको हो ।