एमाले–माओवादी केन्द्र एकतामा भारतको हात:बिजुक्छे - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एमाले–माओवादी केन्द्र एकतामा भारतको हात:बिजुक्छे



भक्तपुर, १८ असोज ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले–माओवादी केन्द्र एकतामा भारतको हात रहेको बताएका छन् ।

भक्तपुर नगरपालिका–५ स्थित योसिंखेलमा मंगलबार ३७औं नेपाल भाषा साहित्य सम्मेलन समापन कार्यक्रममा अध्यक्ष बिजुक्छेले आफूअनुकूल संविधान संशोधन गराउन भारतले दुई पार्टीबीच एकता गराएको दाबी गरे ।

उनले कम्युनिस्ट पार्टी गठनदेखि नै नेपालमा भारतले नक्कली कम्युनिस्ट पार्टी र नेता जन्माउँदै आएको स्मरण गरे । माओवादीको पनि भारतमै पालनपोषण भएको उनको भनाइ थियो ।

‘संविधान संशोधन गर्न दुईतिहाइ बहुमत आवश्यक पर्छ । एमाले नमान्दा संशोधन विधेयक पारित हुन सकेन’, उनले भने, ‘एमालेलाई संविधान संशोधन प्रक्रियामा ल्याउन भारतले माओवादीसँग एकता गराएको हो । एमाले मानेपछि कांग्रेस र मधेसवादी दलहरूको पनि समर्थनमा संविधान संशोधन हुनेछ ।’

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको एकतापछि बन्ने पार्टीको नाम कम्युनिस्ट पार्टी राखे पनि त्यो वास्तविक कम्युनिस्ट नहुने उनको भनाइ थियो । खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापेको छ ।